भोली जलेश्वरमा सार्वजनिक विदा, आईतबार पनि सार्वजनिक विदा
यस्तै, यस्तै आईतबार महोत्तरीको बलवा नगरपालिकाले समेत एक दिने विदा दिने जनाएको छ । बलवा नगरपालिकाका मेयर रामविजय महतोले आईतबार परिक्रमाको धार्मिक लस्कर ध्रुवकुण्ड पुग्ने भएपछि सार्वजनिक विदा दिने बताएका छन् ।

२०७९ फागुन ११ बिहीबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार जलेश्वर नगरपालिकामा सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर जलेश्वरमा विश्राम लिने भएपछि एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो ।
यसअघि विहिबार महोत्तरीको मटिहानी नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको थियो । परिक्रमाको धार्मिक लस्कर मटिहानी मठ पुगेर विश्राम गर्ने भएपछि स्थानीय विदामा एक दिने सार्वजनिक विदा दिएको थियो ।
भोली जलेश्वरमा सार्वजनिक विदा दिने भएको छ भने पर्सी शनिबार देशव्यापी सार्वजनिक विदा परेकोले महोत्तरीको महोत्तरी गाउँपालिकाले विदा दिनुपरेको छैन् ।
यस्तै, यस्तै आईतबार महोत्तरीको बलवा नगरपालिकाले समेत एक दिने विदा दिने जनाएको छ । बलवा नगरपालिकाका मेयर रामविजय महतोले आईतबार परिक्रमाको धार्मिक लस्कर ध्रुवकुण्ड पुग्ने भएपछि सार्वजनिक विदा दिने बताएका छन् ।
सोमबार भने कँचनवन पुग्ने भएपछि भँगहा नगरपालिकाले समेत एकदिने सार्वजनिक विदा दिँदै आएको छ । सोमबार समेत सार्वजनिक विदा हुने भएको छ ।
मँगलबार मात्र परिक्रमाको धार्मिक लस्कर धनुषा प्रवेश गर्ने भएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा दुई दिन विश्राम गर्दै आएको छ । पर्वता र धनुषाधाममा विश्राम गर्ने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…