सिरहाः दिनदहाडै मिर्चैयाबाट प्रहरीको हतियारसहित ९ लाख रुपैयाँ लुटिए !
मोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको जनाइएको छ । यस घटनालाई पुष्टि गर्दै सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले अहिले सडकमा प्रहरी परिचालन गरी कडा गस्ती खटाइएको बताए ।

२०७९ फागुन १० बुधबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीको हतियार सहित एक मनि ट्रान्सफरबाट ९ लाख रुपैयाँ लुटेर लुटेरा फरार भएको छ ।
सिरहाको व्यस्त शहर रहेको मिर्चैयादेखि सिरहाको कल्याणपुर सडक खण्ड घटना भएको हो । सो सडकखण्डमा रहेको कटहा पुल नजिकैबाट प्रहरीको हतियारसहित मनि ट्रान्सफरको ९ लाख रुपैयाँ लुटेर फरार भएको हो ।
दिउँसो करिब ३ बजेको समयमा ज. ६ प ४२५६ नम्बरको मोटरसार्इकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएका छन् ।
मोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको जनाइएको छ । यस घटनालाई पुष्टि गर्दै सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले अहिले सडकमा प्रहरी परिचालन गरी कडा गस्ती खटाइएको बताए ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिरहेका कर्मचारी र प्रहरीबाट ९ लाख रुपैयाँ लुटिएको बताए ।
प्रहरीको समेत हतियार लुटेको घटनामा शंका समेत उब्जेको छ । प्रहरी सुरक्षार्थ मनि ट्रान्सफरका कर्मचारीको साथै प्रहरीको हतियार मात्र लुटिनुमा शंका उब्जिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…