आफूलाई भोट नदिएको झोंकमा वडाध्यक्ष यादवले सेवाग्राहीलाई दिए यातना
पण्डितले आफूहरूले पटक(पटक पत्र दिन आग्रह गरेपछि केरमेट गरेर फालिदिएको बताए। यता वड़ाध्यक्ष यादवले भने सिफारिस लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन्।

२०७९ फागुन ७ आइतबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक जना वडाध्यक्षले नागरिकताको प्रतिलिपि निकाल्नका लागि गएका एक सेवाग्राहीको सिफारिसपत्रमा आफैँले हस्ताक्षर गरी केरमेट गरेका छन्।
क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका हरिचन पण्डित १० दिन अगाडि नागरिकताको प्रतिलिपि निकाल्नका लागि सिफारिस पत्र लिन वडा कार्यालय पुगेका थिए।
तर त्यहाँ पुगेपछि वडाध्यक्ष अवधकिशोर यादवले चुनावमा आफूलाई मत नदिएको भन्दै सिफारिस नगर्ने बताएको पीडित हरिचन पण्डितले बताए।
‘सिफारिस लिन वडा कार्यालय जाँदा वडाध्यक्ष कार्यालयमा हुनुहुन्थेन। पण्डितले पछि त्यहाँका कार्यालय सहयोगीले अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि चिया पसलमा पठाइदिन भन्नुभयो त्यहाँ गएर पत्र दिँदा हस्ताक्षर त गर्नुभयो तर सिफारिसपत्र मेरो हातमा दिनुभएन आफैँ राख्नुभयो,’ उनले भने।
पण्डितले आफूहरूले पटक(पटक पत्र दिन आग्रह गरेपछि केरमेट गरेर फालिदिएको बताए। यता वड़ाध्यक्ष यादवले भने सिफारिस लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन्।
‘म जनताको प्रतिनिधि हुँ र उनीहरूकै सेवाका लागि बसेको छु तर मैले हस्ताक्षर गरिसकेपछि मलाई नै उल्टो गालीगलौज गर्न थाले, त्यसैले मैले कागजातमाथि केरमेट गरीदिए’ उनले भने।
वडाध्यक्ष यादवले सेवाग्राही पण्डितले आफूसँग माफी नमागेसम्म सिफारिस नदिनेसमेत बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…