डा. सिके राउतको भिजनः खानेपानी चेकजाँचको लागि सप्तरीमा घुम्ती सेवा सुरु
सोही क्रममा पानी परीक्षण घुम्ती सेवा (भ्यान) ले सप्तरी निर्वाचन क्षेत्र नं २ को लौनियामा पानी परीक्षण गरी सुरुवात गरेको हो । यो घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानेछ । आम सर्वसाधारणहरुलाई घुम्ती सेवामा कल, चापाकल, ह्याण्डपाइपको पानी परिक्षणको लागि आग्रह समेत गरिएको छ । पानीमा अधिक आर्सेनिकले खानेपानीकै कारण स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको गुनासोपछि डा. राउतले सो क

२०७९ फागुन ५ शुक्रबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आम नागरिकले खाने खानेपानीको परीक्षण कार्य सुरु गराएका छन् ।
सप्तरी जिल्लाको विभिन्न ठाउँमा चापाकलबाट आउने खानेपानीमा अधिक आर्सेनिक भएको, धमिलो भएको गुनासोको आधारमा डा. राउतले घुम्ती सेवा सुरु गरेको हो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले आफ्नै निर्वाचन क्षेत्रबाट पानी परीक्षणको घुम्ती सेवा सुरु गरेका छन् ।
जनमत पार्टीबाटै अब्दुल खान संघीय सरकारको खानेपानी मन्त्री भएका हुन् । खानेपानी मन्त्री भएलगत्तै मन्त्रालयमा खाने गरेको करोडौँको खानेपानीलाई हटाएर धाराको पानी नियमित गरेपछि चौतर्फी प्रशँसा बटुलेका थिए ।
केही दिन अगाडी डा. राउतले आफ्नो क्षेत्रमा एक मेलामा कुस्तीको क्रममा एक युवकले पानीको नमुना देखाएपछि डा. राउतले गहन रुपमा लिएका थिए ।
सोही क्रममा पानी परीक्षण घुम्ती सेवा (भ्यान) ले सप्तरी निर्वाचन क्षेत्र नं २ को लौनियामा पानी परीक्षण गरी सुरुवात गरेको हो । यो घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानेछ । आम सर्वसाधारणहरुलाई घुम्ती सेवामा कल, चापाकल, ह्याण्डपाइपको पानी परिक्षणको लागि आग्रह समेत गरिएको छ ।
पानीमा अधिक आर्सेनिकले खानेपानीकै कारण स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको गुनासोपछि डा. राउतले सो कदम चालेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…