यातायात कार्यालय जनकपुरबाट २ दलाल पक्राउ
बुधबार दिउँसो करिब १ः२५ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि दलाली गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

२०७९ फागुन ३ बुधबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बुधबार दुई जना दलालाई पक्राउ गरिएको छ ।
बुधबार दिउँसो करिब १ः२५ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि दलाली गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरी लोहरपट्टी नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ३३ को अनिल साह र जिल्ला महोत्तरी एकडारा गाउँपालिका वडा नम्बर ३ वस्ने वर्ष ३५ को विरेन्द्र साहलाई पक्राउ गरिएको हो ।
उनीहरुले सेवा ग्राहीहरू संग तोकेको कर शुल्क भन्दा बढी रकम लिई रहेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…