बल्ल एक्सनमा कमला नगरपालिका, ३०० मिटर वरिपरी रक्सी बेचबिखन र विक्रि वितरणमा रोक
कमला नगरपालिकाको छेउमै रहेको आधा दर्जन पसलमा मदिराजन्य पदार्थको खुल्लेयाम विक्रिवितरण भईरहेको छ । कार्यालयसँगै टाँसिएको नास्ता पसलहरुमा समेत मदिराजन्य विक्री वितरण भईरहेको छ ।

२०७९ माघ २७ शुक्रबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवादबाट छुटिएलगत्तै कमला नगरपालिकाले एक्सन सुरु गरेको छ ।
पूर्वी धनुषाको कमला नगरपालिकाले नगरपालिका कार्यालयको ३०० मिटर वरिपरीसम्म मदिरा विक्री वितरण तथा सेवनमा समेत रोक लगाउने निर्णय गरेको छ ।
नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव ओम प्रकाश महतोले एक सूचना जारी गर्दै नगरपालिका कार्यालयको वरिपरी मदिराजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएको हो ।
ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी कार्यालय माचि झिटकैयालाई बोधार्थ गर्दै कार्यालयको आसपास मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाएको हो ।
कमला नगरपालिकाको छेउमै रहेको आधा दर्जन पसलमा मदिराजन्य पदार्थको खुल्लेयाम विक्रिवितरण भईरहेको छ । कार्यालयसँगै टाँसिएको नास्ता पसलहरुमा समेत मदिराजन्य विक्री वितरण भईरहेको छ ।
नगरपालिका कार्यालय अगाडीमै रहेको पसलहरुमा समेत घुम्रपान, मधपानसहित मदिराजन्य वस्तुको अबेररातीसम्म विक्रि वितरण भईरहेको छ । नगरपालिका परिसरभित्रै प्रहरीचौकी पनि रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…