कुमार बाउ शिवराज र कुमारी आमा निहिारिकाले गरे जानकी मन्दिरमा विवाह
दुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् । विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् ।

२०७९ माघ २७ शुक्रबार, दिउँसो १:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुत र शिवराज श्रेष्ठले जानकी मन्दिर विवाह मण्डपमा विवाह गरेका छन् ।
हिन्दु परम्परा अनुसार, विहिबार जानकी मन्दिरमा गएर दुवै जना वैवाहिक बन्धनमा बाँधिएका हुन् । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुतले आफ्नै श्रीमान शिवराजमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।
निहारिकाले जन्माएको छोरा शिवराजकै रहेको डिएनएबाट पुष्टि भएको थियो । दुवैको सम्बन्धबाट जन्मेको छोराको भिडियो कलबाट निहारिका र शिवराजलाई पुनः जोडिएको हो ।
दुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् ।
विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् । उनी दुवै जनाको कानुनी उमेर पुगेपछि विवाह गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…