मधेश प्रदेश : खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एकको मृत्यु, तीन पक्राउ
न्यूज ब्यूरो, रौतहट। मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी छेदीलाल कामतीले बताए । घरबाट खेतमा जाने

२०७९ माघ २६ बिहीबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी छेदीलाल कामतीले बताए ।
घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।
यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि वीरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट इन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको टोलीले भोला यादव परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्य आरोपी भोला यादव भने घटनालगत्तै फरार भएका थिए। पक्राउ परेका तीनै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार भोलाको खोजी भैरहेको प्रहरीले जनाएको छ । रौतहटका १८ वटै स्थानीय तहलाई केही वर्ष अघि नै खुल्ला दिशामुक्त घोषणा भएपनि हालसम्म कयौं घरमा शौचालय छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…