मेयरले लचकता देखाएपछि कमला नगरपालिकामा अबेर राती सहमति, भोली नगरसभा
यसअघि नगरसभाको लागि असार १० गते पहिलो, भदौ ३० गते दोस्रो बैठक भएको थियो । भोली बुधबार अन्तिम बैठक भएपछि अधिकृतले अख्तियारी पाउनेछ । कार्यालय प्रमुखले अख्तियारी पाए लगत्तै बिकासे कार्यहरु धमाधम सुरु हुने उपसचिव महतोले बताए ।

२०७९ माघ २४ मंगलबार, राति ११:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवादमै रहँदै आएको धनुषाको कमला नगरपालिकामा अबेर राती सहमति भएको छ ।
जनप्रतिनीधिहरुबीचको आन्तरिक किचलोको कारण अनियमित भएको नगरसभा भोली २५ गते बुधबार हुने भएको छ ।
जनप्रतिनीधिहरुबीच बजेट बाँडफाँडमा अबेर राती सहमति जुटेपछि भोली नगरसभा तय भएको हो । कमला नगरपालिकाका नगर प्रमुख बिशेश्वर यादवले लचकता देखाएपछि सर्वसहमति भएको हो ।
केही वडाध्यक्षहरु बजेट बाँडफाँडलाई लिएर विवाद खडा गरेपनि राती करिब ९ बजे सर्वसहमति गराउन मेयर सफल भएका हुन् । यसअघि मेयर यादवले बजेट बाँडफाँडको लागि वडाध्यक्षहरुसँग निरन्तर छलफलमा बस्दै आएका थिए ।
कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ओम प्रकाश महतोले जनप्रतिनीधिहरुलाई एक ठाउँ पारेपछि अन्ततः सहमति भएको हो । भोली बुधबार छैठौ नगरसभाको तेस्रो बैठक हुने भएको छ ।
यसअघि नगरसभाको लागि असार १० गते पहिलो, भदौ ३० गते दोस्रो बैठक भएको थियो । भोली बुधबार अन्तिम बैठक भएपछि अधिकृतले अख्तियारी पाउनेछ । कार्यालय प्रमुखले अख्तियारी पाए लगत्तै बिकासे कार्यहरु धमाधम सुरु हुने उपसचिव महतोले बताए ।
बैठकमा उपमेयर शिला देवी मण्डल, ९ वटै वडाका वडाध्यक्ष, लेखा प्रमुख सँजीव कुमार महतो, कार्यपालिका सदस्यहरुसहित कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…