राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
न्यूज ब्यूरो, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैधानिक ठहर गरे

२०७९ माघ १८ बुधबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।
पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको र सोही नागरिकता पेस गरी उनले गरेका निर्णयहरु अवैध हुने भएकाे भन्दै तत्काल पार्टी खारेजको माग गरेका छन्।
‘रवि लामिछानेलाई सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७९/१०/१३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षरसमेत अवैधानिक ठहर भएको छ,’ निवेदनमा भनिएको छ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…