सिरहाका तत्कालिन सिडिओ कवारीमाथि CIB ले सुरु गर्यो अनुसन्धान 

२०७९ माघ १८ बुधबार
बिहान १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एक सिडिओमाथि छानबिन थालेको छ । सशस्त्र समूहसँग मिलेर फिरौती असुलीको प्रयास गरेको भिडियो भेटिएपछि छानबिन सुरु भएको हो ।

सिराहाबाट गोरखा सरुवा भएका सिडिओ लालबाबु कवारीमाथि यस्तो छानबिन सुरु भएको हो । पैसा मागेको भिडियो मन्त्रालयमा रहेको खुलेपछि उनको सरुवा रद्द भइसकेको छ ।

स्रोतका अनुसार सो भिडियोमाथि छानबिन गर्न गृहले सिआइबीलाई जिम्मा दिएको छ । राजनीतिक दबाब नआएमा सिआइबीले कवारीलाई पक्राउ गर्न सक्ने आधार छ । किनकि, अडियो र भिडियोमा उनले पैसा मागेको प्रष्ट छ । सशस्त्र समूहले कब्जा गरेको जग्गा खाली गराउन सोही समूहसँग मिलेर फिरौती असुल्न खोजेको उजुरी उनीमाथि छ ।

करिब ६ महिनाअघि नै त्यो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा परेको थियो । आयोगले त्यो विषयमा गृहलाई नै छानबिन गर्न भनेको थियो । गृहको सेटिङवाला सिडिओ भएकाले मन्त्रालयले छानबिनमा चासो दिएको थिएन ।

उक्त फाइल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो । जहाँ तत्कालिन गृहमन्त्री बालृकष्ण खाणका खासमान्छे एसएसपी जनक भट्टराई प्रमुख थिए । उनले पनि निर्देशन त्यत्तिकै थन्काएर राखेका थिए । अहिले सो कुरा पत्ता लागेपछि विस्तृत छानबिन अघि बढेको हो । तर, कवारी माओवादी नेताहरू समाएर छानबिन रोक्न दौडधुपमा लागिसकेका छन् । उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।

  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%
  • 67%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७९ माघ १८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus