
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक वडाध्यक्षको अडानले भत्काउन लागेको गरिबको घर बाँचेको छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारीले कर्मचारीले नापीमा जालझेल गरेपछि उनले अडान लिएका हुन् ।
नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चोहरर्बास्थित रहेको एक स्थानीयको घर भत्काउन स्थानीय केही बिचौलियाहरु लागेपछि वडाध्यक्ष अन्सारीले एक्सन लिएका हुन् ।
पूर्व–पश्चिम राजमार्गमै रहेको शेरगण सेना ब्यारेकको अगाडी बस्ने कल्पना तामाँगले बस्दै आएको घर अतिक्रमित रहेको भन्दै केही बिचौलियाहरुले घर भत्काउन गएपछि अदालतमा मुद्दा गरिएको थियो ।
जिल्ला अदालत सिरहाले सरकारी अमिन खटाएर सो जग्गाको नापजोख गर्न पठाएका कर्मचारीहरुलाई वडाध्यक्ष अन्सारीले हस्ताक्षर नदिँद रित्तै फर्केका हुन् । वडाध्यक्ष अन्सारीका अनुसार, तामाँगको घरको दुई तर्फको मात्र नापी गरेका कर्मचारीलाई चारै तर्फको नापी र घर भएको कित्ता नम्बरको नापी गर्न आग्रह गरिएको थियो ।
अदालतबाट खटेका नापी कर्मचारीले कल्पना तामाँग बस्दै आएको घरको कित्ता नम्बर ८६ रहेकोमा सोको नापजोख नै नगरी छेउको कित्ताहरु मात्र नापजोख गरी नियतवंश गरेको भन्दै वडाध्यक्ष अन्सारीले हस्ताक्षर गर्न मानेनन् ।
अदालतबाट खटेको मुचुल्का टोलीलाई अन्सारीले तामाँगको घर रहेको ८६ नम्बर कित्ताको नापजोख गरी आफूलाई सन्तुष्ट पारिदिन कर्मचारीलाई आग्रह गरेका थिए ।
तामाँगले घरमै सानो पसल थापेर जीवनजीविका चलाउँदै आएकोमा स्थानीय केही दलाल, बिचौलियाहरुले घर भत्काउन लागिपरेको आरोप लगाइएको छ । व्यापारिक रिसवीको कारण तामाँगको घरमा डोजर चलाउने धम्की दिएपछि उनले प्रशासन गुहारेको थियो ।
प्रशासनले स्थानीय सरकार मार्फत काम गराउन भनेपछि वडाध्यक्ष अन्सारीले नापजोखमा असन्तुष्टि व्यक्त गर्दै मुचुल्कामा हस्ताक्षर दिन मानेनन् । यता, तामाँगले वडाध्यक्ष अन्सारीको अडान र एक्सनले बिचौलियाहरुले आफूलाई उठीवास गर्न नसकेको बताइन् ।
वडाध्यक्ष अन्सारीले वडाभरिमा कहिकतै यस्तो प्रवृति र यस्तो कार्य भइरहे आफूलाई जानकारी गराउन आग्रह समेत सोही स्थानबाट गरे ।
८६ र ३००६ नम्बरको कित्ता
कमलाको अस्थायी पूल भत्काउँदै गर्दा ठेकेदार पक्राउ
- २०७९ माघ १८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला पूलमा बनाईएको अस्थायी काठे पुल सोमबार भत्काउन लाग्दा नगर प्रहरीले रोकिदिएको छ । कमला नदीमा सिरहा तर्फको बसबिटट घाटमा सार्वजनिक पूलमाथि
पूरा पढ्नुहोस्