श्रीमान श्रीमतिबीचको समान्य झगडा भन्दै निहारिका र शिवराज श्रेष्ठले गरे मिलापत्र
निहारिका सिँह श्रेष्ठले शिवराज श्रेष्ठलाई बलात्कारी भन्दै कारवाहीको मागसहित न्यायको लािग आन्दोलन समेत गरेकी थिईन् । अहिले उनले त्यस्तो केही पनि नगरेको भनेर बयान फेर्दै मिलापत्र गरेकी हुन् ।

२०७९ माघ १७ मंगलबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुत (श्रेष्ठ) र बलात्कारका आरोपित शिवराज श्रेष्ठले मिलापत्र गरेको छ ।
शिवराज श्रेष्ठले निहारिकालाई श्रीमति भन्दै र निहारिकाले शिवराजलाई श्रीमान भएको भन्दै समान्य झैझगडाले विवाद भएपनि अब मिल्ने सहमति भएपछि अदालतमा उनीहरुको मिलापत्र भएको हो ।
दुवै जनाको उमेर नपुगेकै बेला जन्मिएको छोरा विआन श्रेष्ठलाई पढाईलेखाई, खानपान, मान मर्यादा दिने सहमति भएपछि दुवै जनाबीच मिलापत्र भएको हो ।
आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपसहित शिवराज श्रेष्ठमाथि निहारिकाले बलात्कारको मुद्दा लगाएकी थिईन् । उनले पुनः मिलापत्रको लागि अदालतमा निवेदन दिएपछि दुवै जनाबीच कानुनी मिलापत्र भएको हो ।
यसअघि आफूलाई जबरदस्ती करणी गरेको भन्दै न्यायको लागि अनेकौ बाटो अपनाएकी निहारिका अन्ततः समान्य झै झगडा मात्र भएको भन्दै मिलापत्र गरेकी हुन् ।
जिल्ला अदालत धनुषाले शिवराज श्रेष्ठलाई आपसी सहमतिमा शारिरिक सम्बन्ध राख्दा बच्चा भएको भन्दै सफाई दिएपछि उनी काठमान्डौँमा गएर धर्ना बसेकी थिइन् । आत्मदाहको समेत प्रयास गरेकी निहारिकाले अदालतमा श्रीमानश्रीमतिबीच झैझगडा भएको र अब झैझगडा नहुने भन्दै मिलापत्रको लागि निवेदन दिएपछि दुवै जनाबीच मिलापत्र भएको हो ।
निहारिका सिँह श्रेष्ठले शिवराज श्रेष्ठलाई बलात्कारी भन्दै कारवाहीको मागसहित न्यायको लािग आन्दोलन समेत गरेकी थिईन् । अहिले उनले त्यस्तो केही पनि नगरेको भनेर बयान फेर्दै मिलापत्र गरेकी हुन् । 


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…