श्रीमान श्रीमतिबीचको समान्य झगडा भन्दै निहारिका र शिवराज श्रेष्ठले गरे मिलापत्र

२०७९ माघ १७ मंगलबार
रति ९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुत (श्रेष्ठ) र बलात्कारका आरोपित शिवराज श्रेष्ठले मिलापत्र गरेको छ । 

शिवराज श्रेष्ठले निहारिकालाई श्रीमति भन्दै र निहारिकाले शिवराजलाई श्रीमान भएको भन्दै समान्य झैझगडाले विवाद भएपनि अब मिल्ने सहमति भएपछि अदालतमा उनीहरुको मिलापत्र भएको हो । 

दुवै जनाको उमेर नपुगेकै बेला जन्मिएको छोरा विआन श्रेष्ठलाई पढाईलेखाई, खानपान, मान मर्यादा दिने सहमति भएपछि दुवै जनाबीच मिलापत्र भएको हो । 

आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपसहित शिवराज श्रेष्ठमाथि निहारिकाले बलात्कारको मुद्दा लगाएकी थिईन् । उनले पुनः मिलापत्रको लागि अदालतमा निवेदन दिएपछि दुवै जनाबीच कानुनी मिलापत्र भएको हो । 

यसअघि आफूलाई जबरदस्ती करणी गरेको भन्दै न्यायको लागि अनेकौ बाटो अपनाएकी निहारिका अन्ततः समान्य झै झगडा मात्र भएको भन्दै मिलापत्र गरेकी हुन् । 

जिल्ला अदालत धनुषाले शिवराज श्रेष्ठलाई आपसी सहमतिमा शारिरिक सम्बन्ध राख्दा बच्चा भएको भन्दै सफाई दिएपछि उनी काठमान्डौँमा गएर धर्ना बसेकी थिइन् । आत्मदाहको समेत प्रयास गरेकी निहारिकाले अदालतमा श्रीमानश्रीमतिबीच झैझगडा भएको र अब झैझगडा नहुने भन्दै मिलापत्रको लागि निवेदन दिएपछि दुवै जनाबीच मिलापत्र भएको हो । 

निहारिका सिँह श्रेष्ठले शिवराज श्रेष्ठलाई बलात्कारी भन्दै कारवाहीको मागसहित न्यायको लािग आन्दोलन समेत गरेकी थिईन् । अहिले उनले त्यस्तो केही पनि नगरेको भनेर बयान फेर्दै मिलापत्र गरेकी हुन् । 

  • 2%
  • 60%
  • 5%
  • 5%
  • 2%
  • 0%

नेपाली विषयको प्रश्नपत्र आउट गर्ने परीक्षार्थी पक्राउ, एक बर्षको लागि निष्कासित

  • २०७९ माघ १७ मंगलबार

सबिन यादव, सिरहा । सिरहाको एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गत नेपाली विषयको प्रश्नपत्र आउट गरेको आरोपमा एक छात्रा (परीक्षार्थी) पक्राउ परेकी छन् ।  सिरहाको गोलबजारस्थित रहेको जनता माध्यमिक विद्यालय (प्राबिधिक) परीक्ष

पूरा पढ्नुहोस्

Bureau Menus

} }