जनकपुरः प्रहरी हिरासतबाट ६ थुनुवा फरार भएको घटनामा तीन प्रहरी निलम्बन
जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ माघ १७ मंगलबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेपछि तीन प्रहरी निलम्बित भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासतव्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ ।
हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहे पनि घटनामा प्रहरीको लापरबाही देखिएको बताइएको छ । घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । यस्तै पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजना पुनः पक्राउ परेका छन् ।
जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…