सरस्वति पूजामा एक बालिकालाई कोठामा लगेर बलात्कार, एक युवक पक्राउ
पीडित भनिएकी बालिकाको आमाले दिएको उजुरीको आधारमा तत्कालै खोजतलास गरी यादवलाई पक्राउ गरिएको हो । यादव उपर जबरदस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

२०७९ माघ १७ मंगलबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सरस्वति पूजाकै दिन एक बालिकालाई बलात्कार भएको घटना बाहिरिएको छ ।
गत माघ १२ गते सरस्वति पूजाकै दिन सिरहाको सिरहा नगरपालिका वडा नम्बर ७ स्थित पूजा मनाएर घर फर्किने समयमा एक १४ बर्षिय बालिकालाई एक युवकले कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सो आरोपमा युवक पक्राउ परेका छन् ।
सरस्वति पूजाको दिन साँझ करिब ५ बजेको समयमा सिरहा नपा ७ स्थितबाट बालिकालाई उठाएर कोठामा लगि बलात्कार गरेको आरोपसहित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आरोपित सिरहा नगरपालिका वडा नम्बर २२ बस्ने बर्ष २४ को सँतोष यादवलाई पक्राउ गरिएको हो ।
पीडित भनिएकी बालिकाको आमाले दिएको उजुरीको आधारमा तत्कालै खोजतलास गरी यादवलाई पक्राउ गरिएको हो । यादव उपर जबरदस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…