यातायात कार्यालयबाट ४ दलाल पक्राउ
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सेवाग्राहीहरुसँग अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

२०७९ माघ १६ सोमबार, राति १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । यातायात कार्यालयमा दलाली गर्ने चार दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालय सिरहा लहानमा कार्यालय परिसरभित्रै दलाली गर्ने ४ दलाललाई प्रहरीले पक्राउ गरेको हो । सेवाग्राहीहरुलाई हैरानी पारेको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको खडक नगरपालिका वडा नम्बर ३ बस्ने ४२ बर्षिय जीवछ ठाकुर, बर्ष ३२ को अनिल कुमार चौधरी, सिरहाको लहान नगरापलिका वडा नं. ७ बस्ने बर्ष ३३ को नन्दन खेताँग र नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३१ को विष्णुदेव यादव रहेको छ ।
यातायात व्यवस्था कार्यालय लहान सिरहामा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने भन्ने पटक–पटक जनगुनासो हुन थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई सेवाग्राहीहरुसँग अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…