पुराना पार्टीहरुले देश बनाउन सकेनन्ः प्रभु साह
आफू रहरले नभइ बाध्यताबस नयाँ पार्टी खालेको जानकारी दिँदै देश र जनताका लागि अब साच्चै नै काम गरेर देखाउने बेला आएको हुँदा मेरो पार्टी सोही दिशामा अग्रसर भइ अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।

२०७९ माघ १६ सोमबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले पुराना पार्टीहरु फेल भइसकेको बताएका छन् ।
पार्टीको बारा जिल्ला कमिटीको विस्तारित बैठकको क्रममा नेता साहले पुराना पार्टीहरु खास गरी नेपाली काँग्रेस , नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले मुलुकमा शान्ति कायम गर्न नसकी विकासको पूर्वाधार अगाडि बढाउन नसकेको आरोप लगाए ।
तीन दलका नेताहरु आफ् नो स्वार्थ सिद्ध गर्नेतिर लागेका कारणले देश बनाउन नसकेको उनले बताए । कानूनी राज्यको नेपाली जनतामा ती पुराना दल र तिनीहरुको नेतृत्वमा रहँदै आएको सरकारले समेत आभास गराउन नसकेको दोषारोपण गर्दै अध्यक्ष साहले भने,‘ अब देशको विकास र निकास नयाँ पार्टीले मात्र गर्नेछन्।’
आफू रहरले नभइ बाध्यताबस नयाँ पार्टी खालेको जानकारी दिँदै देश र जनताका लागि अब साच्चै नै काम गरेर देखाउने बेला आएको हुँदा मेरो पार्टी सोही दिशामा अग्रसर भइ अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा आम जनता पार्टी मधेश प्रदेश इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख कुन्दन कुशवाहा , मधेश प्रदेश संयोजक शिरिचन मुखिया, बारा इन्चार्ज अशोक लामा, पर्सा इन्चार्ज बाबुराम कौशी, मधेश प्रदेश सदस्य प्रदीप साह, संदेश साह मदन साह अमिका साह बारा जिल्ला सचिव राजकिशोर साह, नेताहरु राकेश बैठा, अनिल सहनी, रामभरोस राम, शनि गुप्ता लगायतकाले आ–आफनो विचार व्यतm गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…