जनकपुरः प्रहरी हिरासत तोडेर ६ जना थुनुवा फरार
ईलाका प्रहरीको हिरासतमा रहेका क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने लागुऔषध मुद्दामा विनोद कुमार शर्मा, राष्ट्रसेवक र्कचारीलाई बाधा दिएको मुद्दाका क्षीनपा २ बस्ने अमिठ मण्डल र रोशन यादव, मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ बस्ने अभद्र व्यवहार मुद्दाका हरिदिप सिँह, वडा नं. ६ का हातहतियार तथा खरखाजाना मुद्दाका रोशन महतो र शँकर सिँह फरार भएका छन् ।

२०७९ माघ १६ सोमबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती हिरासत तोडेर ६ जना थुनुवा फरार भएको छ ।
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरेका छन् ।
ईलाका प्रहरीको हिरासतमा रहेका क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने लागुऔषध मुद्दामा विनोद कुमार शर्मा, राष्ट्रसेवक र्कचारीलाई बाधा दिएको मुद्दाका क्षीनपा २ बस्ने अमिठ मण्डल र रोशन यादव, मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ बस्ने अभद्र व्यवहार मुद्दाका हरिदिप सिँह, वडा नं. ६ का हातहतियार तथा खरखाजाना मुद्दाका रोशन महतो र शँकर सिँह फरार भएका छन् ।
प्रहरीको विभिन्न टोलीले उनीहरुको खोजतलास तिव्र पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…