हिजोदेखि हराएकी बालिका पोखरीमा मृत फेला 

२०७९ माघ १५ आइतबार
रति ८:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७९ माघ १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus