शहिदनगरका शिक्षा शाखा प्रमुख यादव पदबाट हटाइए, पुनः पुरानै पदमा फर्काइए 

२०७९ माघ १५ आइतबार
बेलुकी ५:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई सो पदबाट हटाइएको छ । 

प्राथमिक विद्यालयको तृतिय श्रेणीमा रहेका यादवले यसअघि शहिदनगर नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकोमा नगर शिक्षा समितिको निर्णयले उनलाई सो पदबाट हटाउँदै पुरानो काजमा फर्काइएको हो । 

नगर शिक्षा समितिका सँयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष उमेश निरालाद्धारा जारी गरिएको एक सूचनामा शिक्षक यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी खोसिएको उल्लेख छ । 

यादवलाई दरबन्दी कायम रहेको शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरण प्राथमिक विद्यालयमा पठाइएका हुन् । गत माघ ६ गतेको शिक्षा समितिको निर्णयले उनलाई आईतबारदेखि जिम्मेवारी खोसिँदै प्रावि कुम्भकरणमा फिर्ता पठाइएको हो । 

शिक्षा समितिका सँयोजक निरालका अनुसार, यादवलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिँदा उनले मनोमानी र आफूखुसी गर्न लागेपछि उनलाई पदबाट हटाइएको हो । पटक–पटक यादवलाई आफूखुसी, मनोमानी नगर्न चेतावनी दिएपनि उनले अटेरी गरेपछि पदमुक्त गरिएको बताईएको छ । 

नगरपालिकाको शिक्षा शाखामा रहेका नगरको शिक्षालाई अस्तव्यस्त पारेको महसुस गरेपछि उनलाई पदबाट हटाइएको पत्रमा उल्लेख छ । नगरपालिका, सबै समुदायिक विद्यालय र ९ वटै वडाकार्यालयलाई बोधार्थ गर्दै शिक्षा सँयोजक निरालाले उनलाई पदबाट हटाएको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७९ माघ १५ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus