अयोध्यामा भगवान रामको बाल्यकाल र सीता मूर्तिको लागि देवसीला जनकपुर ल्याउँदै, १५ गते परिक्रमा 

२०७९ माघ १३ शुक्रबार
दिउसो १:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको काली गण्डकी नदीमा मात्र पाइने शालीग्राम सीला जनकपुर आउने भएको छ । यही माघ १५ गते जनकपुरको जानकी मन्दिरमा विशेष आरती गरी अयोध्या लगिने भएको छ । 

अयोध्यामा निर्माणधीन भगवान रामको मन्दिरमा यस शालग्राम सीलाबाट भगवान रामको बाल्यकालको स्वरुप र माता सीताको मूर्ति निर्माण हेतु काँग्रेसका नेता विमलेन्द्र नीधिले दुई वटा देवसीला अयोध्या पठाउन लागेका छन् । 

म्याग्दी जिल्लाको बेनीबाट ल्याउँदै गरेको २६ टन र १४ टनको देवसीला अयोध्या पठाउने भएको छ । नदीबाट शालीग्राम पत्थर अर्थात देवसीला निकाल्नको लागि क्षमापूजन गरिएको थियो । माघ १५ गते जानकी मन्दिर परिसरमा राखेर आरती गरिनेछ भने १६ गते विहान अयोध्याको लागि सवारी रबाना हुनेछ । 

शुक्रबार पोखरास्थित रहेको विन्धावासीनी मन्दिरमा पूजाआजा गरी जनकपुरको लागि देवसीला प्रस्थान गरेको हो । आज राती देवघाटमै विश्राम गरिने भएको छ । 

भोली शनिबार विहान पूजापाठ गरी जनकपुरको लागि आउन लागेको देवसीलासहितको सवारी हेटौँडा, पथलैया, नीजगढ, लालबन्दी, बर्दिवासमा दर्शनपूजा गरिदै धनुषाको ढल्केवरमा स्वागत र पूजा हुनेछ । सोही दिन जनकपुर विश्राम गरिनेछ । १५ गते विहान महामन्त्रको जापपछि जनकपुर परिक्रमा समेत गराइनेछ । 

सोमबार विजय महामन्त्रको जापपछि सोमबार १६ गते माघको जनकपुरबाट अयोध्याको लागि देवसीला प्रस्थान गरिने भएको छ । 


 

  • 58%
  • 0%
  • 17%
  • 0%
  • 0%
  • 0%

हात्तीपाइलेको औषधी किन खानु र ?

  • २०७९ माघ १३ शुक्रबार
  • सूर्यनारायण चौधरी

ढोका ढकढक गरेको आबाज आयो । म कक्षा कोठा बाहिर निस्के ।   नमस्ते हामि महिला स्वास्थ्य स्वयमसेबिका,  तपाइको कलेजमा  बिद्यार्थीहरुलाई हात्तिपाईलेको औषधि खुवाउन आएको । तपाईलाई स्वागत सहित धन्यवाद ।  कक्षा

पूरा पढ्नुहोस्

Bureau Menus