अयोध्यामा भगवान रामको बाल्यकाल र सीता मूर्तिको लागि देवसीला जनकपुर ल्याउँदै, १५ गते परिक्रमा
अयोध्यामा निर्माणधीन भगवान रामको मन्दिरमा यस शालग्राम सीलाबाट भगवान रामको बाल्यकालको स्वरुप र माता सीताको मूर्ति निर्माण हेतु काँग्रेसका नेता विमलेन्द्र नीधिले दुई वटा देवसीला अयोध्या पठाउन लागेका छन् ।

२०७९ माघ १३ शुक्रबार, दिउँसो १:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको काली गण्डकी नदीमा मात्र पाइने शालीग्राम सीला जनकपुर आउने भएको छ । यही माघ १५ गते जनकपुरको जानकी मन्दिरमा विशेष आरती गरी अयोध्या लगिने भएको छ ।
अयोध्यामा निर्माणधीन भगवान रामको मन्दिरमा यस शालग्राम सीलाबाट भगवान रामको बाल्यकालको स्वरुप र माता सीताको मूर्ति निर्माण हेतु काँग्रेसका नेता विमलेन्द्र नीधिले दुई वटा देवसीला अयोध्या पठाउन लागेका छन् ।
म्याग्दी जिल्लाको बेनीबाट ल्याउँदै गरेको २६ टन र १४ टनको देवसीला अयोध्या पठाउने भएको छ । नदीबाट शालीग्राम पत्थर अर्थात देवसीला निकाल्नको लागि क्षमापूजन गरिएको थियो । माघ १५ गते जानकी मन्दिर परिसरमा राखेर आरती गरिनेछ भने १६ गते विहान अयोध्याको लागि सवारी रबाना हुनेछ ।

शुक्रबार पोखरास्थित रहेको विन्धावासीनी मन्दिरमा पूजाआजा गरी जनकपुरको लागि देवसीला प्रस्थान गरेको हो । आज राती देवघाटमै विश्राम गरिने भएको छ ।
भोली शनिबार विहान पूजापाठ गरी जनकपुरको लागि आउन लागेको देवसीलासहितको सवारी हेटौँडा, पथलैया, नीजगढ, लालबन्दी, बर्दिवासमा दर्शनपूजा गरिदै धनुषाको ढल्केवरमा स्वागत र पूजा हुनेछ । सोही दिन जनकपुर विश्राम गरिनेछ । १५ गते विहान महामन्त्रको जापपछि जनकपुर परिक्रमा समेत गराइनेछ ।
सोमबार विजय महामन्त्रको जापपछि सोमबार १६ गते माघको जनकपुरबाट अयोध्याको लागि देवसीला प्रस्थान गरिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…