अपहरण मुद्दामा ९ बर्ष जेल सजाय पाएका महरा र यादव पक्राउ
ईलाका प्रहरी कार्यालय यदुकूहबाट खटि गएको प्रहरीको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । एक जनालाई उनकै गाउँबाट तथा अर्कालाई शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट पक्राउ गरेको हो ।

२०७९ माघ ११ बुधबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अपहरण र शरिरबन्धक मुद्दामा ९ बर्ष जेल तथा ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएका धनुषाको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट ५० हजार रुपैयाँ जरिवाना र ९ बर्ष कैद सजाय पाएका धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिनेका बर्ष ३६ को शिव कुमार महरा र सोही स्थान बस्ने नागेश्वर यादवलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई अदालतले फैसला सुनाए लगत्तै फरार रहँदै आएका थिए भने गाउँमा घुमफिर गरिरहेका थिए । प्रहरीको फरार सूचिमा रहेका दुवै जनालाई प्रहरीले बुधबार पक्राउ गरी अदालत चढाएको हो ।
ईलाका प्रहरी कार्यालय यदुकूहबाट खटि गएको प्रहरीको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । एक जनालाई उनकै गाउँबाट तथा अर्कालाई शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…