अझै भएन प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तार, जसपा र जनमतबीच तालमेल नहुँदा ढिलाई 

२०७९ माघ १० मंगलबार
बिहान ०८:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सरकार विस्तारमा ढिलाइ भएसँगै प्रदेश सांसदहरु मन्त्रीका लागि दौडादौड गर्न थालेका छन् । 

प्रदेश सरकारमा हाल सबै मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा रहेका छन् । नियुक्त भइसकेका मन्त्रीहरुको विभाग समेत तोकिएको छैन् । 

संघीय सरकारमा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको तालमेल नमिलेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ । 

सरकारमा सहभागिताको विषयमा जसपा र जनमत पार्टीसित सहमति भइसकेको छैन् । जसपाले उपराष्ट्रपति पाउनु पर्ने अडानमा कायम रहेको छ ।जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ ।

मधेश प्रदेश सरकारमा ढिलाइको कारण कार्य व्यस्तता रहेको मन्त्री ईञ्जिनियर वसन्त कुशवाहाले बताए ।‘मन्त्रालयको संख्या र विभागबारे गठबन्धन दलहरुबीच सहमति भइसकेको छ’ उनले भने, सहमति अनुसार मन्त्रीमण्डल चाँडै विस्तार हुनेछ । मन्त्रीपरिषद्को बैठक मंगलवार बिहान डाकिएको उनले बताए ।‘ 

मुख्यमन्त्री यादव पार्टीका शीर्ष नेताहरुसितको छलफलका लागि राजधानी गएकाले पनि केही समय लागेको छ’ मन्त्री कुशवाहाले भने, सरकारले विश्वासको मत प्राप्त गरेपछि सबै दलमा शीर्ष नेताहरुसित परामर्श गर्न आवश्यक थियो । उच्चस्रोतका अनुसार सहमति अनुसार नियुक्त भइसकेका मन्त्रीहरुको विभाग चाँडै निर्धारण गरिनेछ । संभवतःमंगलवार नै मन्त्रीहरुको विभाग तोकिने छ ।

 स्रोतले जनाए अनुसार जसपाबाट मन्त्री बनेका सञ्जय यादवले अर्थ, एमालेबाट मन्त्री बनेका सरोज कुमार यादवले भौतिक पूर्वाधार विकास र जनमत पार्टीबाट मन्त्री बनेका ई।कुशवाहाले भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय पाउने संभावना छ । 

हाल सम्मको सहमति अनुसार जसपाले ३, एमालेले ३, जनमतले २, लोसपाले १ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने छन् । एमालेलाई ४ मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ । 

मन्त्रीमण्डल विस्तारको तयारी भइरहेसँगै सभासदहरु सरकारमा जान शीर्ष नेताहरुलाई प्रभावित गर्ने प्रयत्नमा जुटेका छन् । जनमत बाहेक अन्य दलहरुले भने मन्त्रीको नाम अझै टुंग्याइसकेको छैन् ।

जसपामा हालै प्रवेश गरेकी सुरिता साह मन्त्री बन्ने संभावना बढेको छ । पर्सा जिल्लाबाट जसपामा प्रवेश गरेका प्रमोद कुमार जयसवाललाई राज्यमन्त्री दिने बताइएको छ । जनमतबाट सञ्जय यादव मन्त्रीमण्डलमा पर्न सक्छन् ।

लोसपाबाट रानी शर्माको संभावना बलियो छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लाग्न बाँकी छ । मुख्यमन्त्री यादवले सरकारलाई चाँडै पूर्णता दिएर कामकाजलाई प्रभावकारी बनाउन लागि परेको बताइन्छ ।दलहरुबाट मन्त्रीको नाम प्राप्त हुनासाथ मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाए । 

संघीय संसदमा दलहरुबीच मन्त्री र शासकीय पदहरुबारेमा तालमेल हुन सकेको छैन् । नेताहरु अहिले संघीय सरकार र गठबन्धनमा तालमेल मिलाउन सक्रिय रहेकाले सबै प्रदेशहरुमा सरकारले पूर्णता पाउन सकेको छैन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ माघ १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus