
न्यूज ब्यूरो, जनकपुरधाम । अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको परिवारजनले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै पदर्शन गरिएको छ । प्रहरीकै लापरवाहीले साहद्वयको ज्यान गएको भन्दै उनीहरूले प्रहरीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका हुन।
जनकपुरधामको पिडारी चोकस्थित सडक अवरुद्ध गर्दै उनीहरू प्रहरी प्रशासनविरुद्धमा नाराबाजी गरेका छन् । दुई साताअघि आफन्तको घरमा भोज खान भारत विहार राज्य परिहार गएका युवा त्यहीँबाट अपहरणमा परेका थिए ।
अपहरणकारीले दश लाख फिरौती रकम माग गरेका थिए । फिरौती रकम जोहो गर्दै गर्दा आइबार उनीहरूको शव भारतको सितामढी जिल्लास्थित पर्सामा फेला परेको थियो ।
परिवाजनले प्रहरीलाई गत पुस २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेर्कड उपलब्ध गराएका थिए । तर, प्रहरीले उनीहरूलाई वेवास्ता गरेको आरोप लगाइएको छ । प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको भनाई छ ।
प्रेमकाे नाटक गरेर महिलाकाे अश्लिल भिडियाे बनाउने पक्राउ
- २०७९ माघ ९ सोमबार
न्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग
पूरा पढ्नुहोस्