लाईसेन्सको अनलाईन अकाउण्ट लक भए के गर्ने ? हेर्नुहोस तरिका
त्यसपछि यातायात विभागमा गएर पुनः अर्को मिति छान्नुपर्ने हुन्छ । त्यो बीचको समयमा अर्को अकाउन्ट बनाएर पुनः फारम भर्न सकिँदैन । किनभने नागरिकता नम्बर उही हुने भएकाले अर्को अकाउन्ट खोल्ने विकल्प हुँदैन ।

२०७९ माघ ७ शनिबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तपाईँ हामीमध्ये कतिसँग सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छ होला । कतिपयले फारम भर्ने तयारी गरिरहनु भएको हुनसक्छ ।
कोही ट्रायल वा लिखितमा असफल भएका होलान् । लाइसेन्सका लागि अनलाइन फारम भर्दा बनाएको अनलाइन अकाउन्टको प्रोफाइल लक भए के गर्ने रु आज हामी यही विषयमा जानकारी दिँदैछौं ।
लाइसेन्सका लागि अनलाइन फारम भरिसकेपछि सम्बन्धित यातायात विभाग कार्यालयमा गएर १५ दिनभित्र शुल्क तिर्नुपर्ने हुन्छ । यदि त्यो समयमा विभागमा जान सकिएन भने शुल्क बुझाउने मिति चुकिसकेको हुन्छ ।
त्यसपछि यातायात विभागमा गएर पुनः अर्को मिति छान्नुपर्ने हुन्छ । त्यो बीचको समयमा अर्को अकाउन्ट बनाएर पुनः फारम भर्न सकिँदैन । किनभने नागरिकता नम्बर उही हुने भएकाले अर्को अकाउन्ट खोल्ने विकल्प हुँदैन ।
यसरी ९० दिनभन्दा बढी बितिसकेको छ भने तपाईँले प्रोफाइल लक हुन्छ । तपाईँले उक्त अकाउन्टलाई अनलक गरेर पुनः अर्को मिति लिन सक्नुहुन्छ ।
त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले यहाँ क्लिक रेर यातायात विभागको लगइन पेजमा जानुहोस् ।
- त्यसपछि युजरनेम र पासवर्ड राखेर अकाउन्ट लगइन गर्नुहोस् ।
- अनि, त्यहाँ प्रोफाइल अनलकको अप्सनमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि कुन कारणले अकाउन्ट लक भएको हो भन्ने अप्सन छान्नुपर्ने हुन्छ ।
- र, उपयुक्त कारण छानेर तल रहेको 'द्रष्टब्य' बक्समा टिक लगाउनुहोस् ।
- त्यसपछि दायाँपट्टि भएको 'कन्फर्म एण्ड प्रोसेस' मा क्लिक गर्नुहोस् ।
यति गर्नुभयो भने तपाईँको प्रोफाइल अनलक हुन्छ ।
From: Techpana
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…