धनुषाका नयाँ एसपी खडकाको कडाई, यदुकूहा प्रहरीद्वारा २०५ लिटर घरेलु दारु नष्ट 

केही दिन अगाडी मात्र धनुषाको सबैला प्रहरीले सयौँ लिटर अवैद्य घरेलु मदिरा नष्ट गरेको थियो ।

२०७९ माघ ६ शुक्रबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय यदुकूहाले शुक्रबार विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । 

धनुषाको सहिद नगरपालिकाबाट २०५ लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी स्थानीय जनप्रतिनिधि र सद्रभलादमी राखेर नष्ट गरेको प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए ।

घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, दुर्घटना, चोरी, झैझगडा, सामाजिक–परिवारिक कलहलगायतका अपराधजन्य घटना न्यूनीकरण गर्ने उदेश्य घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तीव्र पारिएको प्रहरी निरीक्षक ढकालले बताए ।

‘समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए ।

समाजमा झैझगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

केही दिन अगाडी मात्र धनुषाको सबैला प्रहरीले सयौँ लिटर अवैद्य घरेलु मदिरा नष्ट गरेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा

  • २०७९ माघ ६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् ।  प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला

पूरा पढ्नुहोस्

Bureau Menus