मलेसियाबाट नेपाल आउँदै गरेको जहाज भारतको कोलकाता डाईभर्ट, श्रीएयरलाईन्स पुगे भद्रपुर
यसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ । उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो । कान्तीपुरमा समाचार छ ।

२०७९ माघ ६ शुक्रबार, बिहान ११:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मलेसियाबाट नेपाल आउँदै गरेको नेपाल वायू सेवा निगमको जहाज भारतको कोलकाता डाईभर्ट गरिएको छ ।
न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइर्भट भएको हो । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।
यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन् । आरएनपी–एआर एप्रोच प्रणाली किन गर्न सकेन कारण खुलाएका छैनन् ।
‘आरएनपी–एआर अप्रोच गर्न सक्दैनौं भनेर पाइलटले जहाज कोलकत्ता डाइभर्ट गरे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने ।
काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट ९चार जना० पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।
काठमाडौं आउँदै गरेको विमान भद्रपुर पुग्यो
यसैबीच, नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको विमान भद्रपुर पुगेको छ । उक्त विमानलाई अवतरणका लागि न्यूनतम २२ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेकाले सिमराबाट भद्रपुरतर्फ डाइभर्ट भएको हो ।
कान्तीपुरमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…