मधेश प्रदेशको उपसभामुखमा राउत निर्वाचित
ईशरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

२०७९ माघ ३ मंगलबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् । मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उनको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २९ मत खसेको छ। उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । ईशर समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।
ईशरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
त्यस अघि सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका थिए । मधेश प्रदेशमा सत्ता गठबन्धनमा जसपा मुख्यमन्त्री, एमाले सभामुख र जनमत पार्टी उपसभामुख लिने सहमति भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…