मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको मृत्यू
मोटरसाईकलमा तीन जना चढेको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएपनि मोटरसाइकल चालक र त्यसको पछाडी बस्ने कासिम र तहीद भेटिएका थिएनन् ।

२०७९ माघ २ सोमबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो ।
आईतबार राति ९ बजे महागढीमाई नगरपालिका वडा नम्बर ९ थलही पुलमा गढीमाईबाट श्रीनगर तर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मृतक र घाईते तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।
उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । उनको शरीरमा समान्य चोट मात्रै रहेकोले घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा तीन जना चढेको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएपनि मोटरसाइकल चालक र त्यसको पछाडी बस्ने कासिम र तहीद भेटिएका थिएनन् ।
खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिण तर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरि तहिदको शव सोमबार दिउँसो १२ः५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…