मटीहानी मठका महन्थ जगन्नाथ जेल चलान
छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो ।

२०७९ माघ १ आइतबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जिल्लाको मटिहानी स्थित लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ वैष्णवलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।
रुपन्देही जिल्ला अदालतले शुक्रबार दासको मुद्दाको सुनुवाई गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
महन्थ दासले सहायक सिडियोको हस्ताक्षर किर्ते जालसाजी गरी बैंकबाट रकम झिकेको अभियोगमा पक्राउ परेका थिए । उनले ७५ लाख भन्दा बढी रुपैया बैंकबाट किर्ते जालसाजी हस्ताक्षर गरी झिकेका थिए । छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो ।
उनले अर्बौं रुपैयाको जग्गा जनकपुरधाम लगायत विभिन्न जिल्लाहरुमा अवैध रुपमा विक्री गरेको आरोप छ । जग्गा विवादकै कारण उनका भतिजा लालकिशोर झालाई गोली हानी हत्या गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…