सिरहामा विपन्न परिवारलाई न्यानो सिरक
उनका अनुसार, जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, प्रहरी कार्यालय ठाडी, प्रहरी कार्यालय जानकीनगर, प्रहरी कार्यालय महेशवारीलगायत अन्य प्रहरीचौकीमै त्यस्ता लक्षित वर्गलाई बोलाएर सिरक प्रदान गरिएको थियो ।

२०७९ पुस ३० शनिबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । वर्तमान शितलहर र चिसोलाई मध्यनजर गर्दै सिरहामा विपन्न परिवारलाई न्यानो सिरक वितरण गरिएको छ ।
शनिबार सिरहा जिल्लाको विभिन्न स्थानमा गरिब, विपन्न, निमुखालाई सिरहा प्रशासनले न्यानो सिरक वितरण गरेको हो ।
विपद व्यवस्थापन समिति सिरहाले आज विभिन्न स्थानमा विपन्नहरुको नाम छनौट अनुसार न्यानो सिरक वितरण गरेको हो । जिल्लाभरिमा शनिबार मात्र १ सय ५ जनालाई सिरक वितरण गरिएको हो ।
विपद व्यवस्थापन समितिको तर्फबाट सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको विशेष उपस्थितिमा निमुखा, विपन्नहरुलाई न्यानो सिरक वितरण गरेको हो ।
जाडोबाट बृद्धवृद्धालाई बचाउन, बालबालिकालाई बचाउनको विपद व्यवस्थापन समितिले न्यानो सिरक वितरण सुरु गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, प्रहरी कार्यालय ठाडी, प्रहरी कार्यालय जानकीनगर, प्रहरी कार्यालय महेशवारीलगायत अन्य प्रहरीचौकीमै त्यस्ता लक्षित वर्गलाई बोलाएर सिरक प्रदान गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…