मधेश प्रदेशमा सभामुखको लागि एमालेका मण्डल र काँग्रेसका राय लडदै
सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।

२०७९ पुस ३० शनिबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको सभामुखको लागि एमाले र नेपाली काँग्रेसका दुई जना साँसदले उम्मेदवारी दर्ता गराएका छन् ।
मधेश प्रदेशसभाको सभामुखको लागि नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।
मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्टिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
सत्तारुढ गठबन्धनको भागवण्डामा मधेश प्रदेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति भएको थियो ।
सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।
मधेश प्रदेशमा सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…