पब्जीमा DRS उपविजेता बनेपछि भायानेटले मनायो विजयी उत्सव
भायानेटकी सीईओ सेवा पाठकले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्न गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताईन्

२०७९ पुस ३० शनिबार, बिहान १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा उपविजेता बनेपछि नेपाली टिम डीआरएस गेमिङको विजय उत्सव मनाईएको छ ।
नेपालको विश्वासिलो ईन्टरनेट सेवा प्रदायक भायानेटले टिम उपबिजेता बनेपछि विजयी उत्सव मनाएको हो । सो टिमको लागि भायानेटले प्रायोजन गरेको थियो ।
पब्जी विश्वकपका रुपमा चिनिएको पीएमजीसीमा डीआरएसले पाएको उपलब्धिलाई नेपालको खेलकुद क्षेत्रकै ठूलो सफलताका रुपमा हेरिएको छ ।
यसैबीच डीआरआएसको विजयलाई उत्सवका रुपमा मनाउन इन्टरनेट सेवाप्रदायकले एक कार्यक्रम गरेको छ । डीआरएसको प्रायोजक एवं आईएसपी पार्टनर रहेको भायानेटले उपविजेता टोलीको सम्मान र बधाई कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापति र समर गुरुङलाई भायानेटकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरिन् ।
कार्यक्रममा डीआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनशिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरूको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाबारे चर्चा गरिएको थियो ।
डीआरएसका गेमरहरूले नेपालको इन्टरनेट कनेक्टिभिटीले नेपाली ई(स्पोर्टस् उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सहयोग गरेको भनाइ राखेका थिए ।
डीआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण भायानेटको इन्टरनेट आफूहरूको पहिलो रोजाइमा परेको बताए ।
भायानेटकी सीईओ सेवा पाठकले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्न गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताईन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…