पोखरीमा डुबेको युवक १६ घण्टादेखि अझै बेपत्ता, बर्दिवासबाट गोताखोर टोली आउँदै
जानकारी अनुसार, बर्दिवासबाट सशस्त्र प्रहरीको गोताखोर टोली (पानीमा डुबुल्की लगाउने टोली) आउन लागेको हो ।

२०७९ पुस २९ शुक्रबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विहिबार अपरान्ह पोखरीमा माछा मार्न गएका सिरहाका एक युवक डुबेको १६ घण्टापछि पनि भेटाएका छैनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सँयुक्त टोलीले विहिबार अपरान्हदेखि नै उनलाई खोज्ने अथक प्रयास गरेपनि उनी भेटाएका छैनन् । अपरान्ह ४ बजे मात्र उनी माछा मार्न स्थानीय गणेश सदा पोखरीमा पसेपछि बेपत्ता भएका हुन ।
विहिबारदेखि नै निरन्तर खोजी कार्य जारी राखेपनि अहिलेसम्म उनी फेला पर्न सकेका छैनन् । नेपाली सेनाको टोलीले रबर बोटको मदतले पोखरीमा खोज्ने प्रयास गरेपनि प्रयास विफल भएको छ । रबरबोटबाट उनी अझै नभेटाएपछि रातीदेखि नै डोजर (जेसिबी) ले बाँध काटेर पानी बगाउने कार्य भईरहेको छ । पोखरीको डील फोडेर पानी निकाल्ने कार्य भईरहेपनि अत्यधिक चिसोको कारण सुरक्षाकर्मीहरुलाई पनि कठिनाई भएको छ ।
पहिलो समाचार
सुरक्षाकर्मी, स्थानीयहरुले रातीदेखि निरन्तर उनलाई खोज्ने प्रयास गरिरहेको छ । जानकारी अनुसार, अहिलेसम्म सो पोखरीमा १२ जना मान्छे डुबेर मृत्यूको मुखमा गईसकेको छ ।
जानकारी अनुसार, बर्दिवासबाट सशस्त्र प्रहरीको गोताखोर टोली (पानीमा डुबुल्की लगाउने टोली) आउन लागेको हो ।

.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…