जसपाले उपराष्ट्रपतिसहित ४ मन्त्री दाबी गर्ने
साथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।

२०७९ पुस २७ बुधबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने भएको छ । पार्टी सरकारमा जाने भएपछि अहिले उक्त पार्टीका नेताहरु आन्तरिक छलफलमा छन् ।
२ वटा मन्त्रालयसहित उपराष्ट्रपति वा ३ देखि ४ वटा मन्त्रालयमा जसपाले दाबी गर्ने जसपाका एक नेताले जानकारी दिए । सरकारलाई समर्थन र विश्वासको मत पार्टीले दिइसकेको छ।
प्रत्यक्षमा ७ र समानुपातिकका ५ जना गरी १२ जना सांसद रहेका जसपाले २ वटा मन्त्रालय पाउने निश्चित जस्तै भएपनि उनीहरुको दाबी भने उपराष्टपतिसहित ४ वटा मन्त्रालयमा गर्ने तयारी छ । १२ जना सांसद भएका कारण हामीले ३–४ वटा मन्त्रालय माग गर्नु जायज भएको जसपाले जनाएको छ । जसपाले मन्त्रालयका साथै उपराष्ट्रपतिमा पनि प्रधानमन्त्री समक्ष दाबी गरिसकेको जसपा स्रोतले जनाएको छ ।
साथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…