मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव
यसअघि जसपाबाटै मो. लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री दिएको थियो । साईकल भ्रष्टाचार प्रकरणपछि लालबाबु राउतलाई ब्याक गरेको हो ।

२०७९ पुस २७ बुधबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरोज कुमार यादव नियुक्त भएका छन् ।
बुधबार दिउँसो जसपाका मधेश प्रदेश सँसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।
यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । यादव यसअघि मधेश प्रदेशको सँसद भवनमा सभामुखको पदमा रहँदै आएका थिए ।
यसअघि जसपाबाटै मो. लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री दिएको थियो । साईकल भ्रष्टाचार प्रकरणपछि लालबाबु राउतलाई ब्याक गरेको हो ।
यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।
निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…