पूर्व–पश्चिम राजमार्गमा स्थानीयहरुले गरे चक्काजाम
यसै घटनालाई लिएर नवलपुरका स्थानिय र व्यापारीहरुले पूर्व–पश्चिम राजमार्ग अहिले जाम गरेर प्रदर्शन गरिरहेको छ ।

२०७९ पुस २५ सोमबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक व्यापारीलाई अपहरणको प्रयास भएको भन्दै स्थानीयहरुले सर्लाहीमा चक्काजाम गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नवलपुर बजारमा हिजो आईतवार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास भएको भन्दै चक्काजाम गरेको हो ।
अपहरणकारी मध्ये एक जनालाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा भारतीय सुरक्षाकर्मीको जवान रहेको स्थानियहरुले जनाएपनि यसको सर्लाही प्रहरीले पुष्टि गरेको छैन ।
यसै घटनालाई लिएर नवलपुरका स्थानिय र व्यापारीहरुले पूर्व–पश्चिम राजमार्ग अहिले जाम गरेर प्रदर्शन गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…