जसपा सँसदीय दल नेताको लागि राउत v/s यादव भिडदै , भोली हुनेछ मुकाबला
पार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।

२०७९ पुस २४ आइतबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी अध्यक्षले दिने प्रस्तावमा मुख्यमन्त्री लालबाबु राउत असहमत भएपछि जनता समाजवादी संसदीय दलमा चुनाव हुने भएको छ ।
जसपा निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने भोलि सोमबार बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
साँझ ५ देखि ६ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।
नेताहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभा सदस्य रामआशिष यादवको उम्मेदवारी दर्ता हुने सम्भावना छ । दलको नेताका लागि ९ जना आकांक्षी थिए ।
बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा सहमतिको प्रयास भएको थियो । सहमति नजुटेपछि सर्वसम्मत दलको नेता छनोट गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिन नेताहरुले प्रस्ताव गरेका थिए । त्यसमा १४ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।
एक प्रदेशसभा सदस्यका अनुसार उनीहरुले राउतलाई दलको नेतामा दाबी नगर्न र नयाँलाई अवसर दिन आग्रह गरेका थिए । तर मुख्यमन्त्री समेत रहेका राउत त्यसमा सहमत भएनन् ।
पार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…