निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ हजार सर्वसाधारण लाभान्वित
शिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।

२०७९ पुस २४ आइतबार, बिहान ११:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित सँचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ हजार सर्वसाधारण लाभान्वित भएका छन् ।
जनकपुरधामस्थित रहेको सूर्यतारा डायबिटिस थाईराईड एण्ड ईन्डोक्राईन सेन्टर प्रा.लि. को आयोजनामा सम्पन्न भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन शुत्रबार करिब १ हजार जना लाभान्वित भए भने अर्को दिन करिब २ हजार जना सर्वसाधारण निःशुल्क सेवा पाएको हो ।

डेढ दर्जन विशेष डाक्टरहरुको टोलीले कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोकस्थित सम्पन्न गरेको सो शिविर ब्लड टेस्ट, किडनी, लिभर, पिसाब टेष्टको साथै ईसिजी, अल्ट्राउण्ड (भिडियो एक्सरे), सर्जरी समेतको सुविधा दिएको थियो । सो क्रममा डायबिटिज, आँखाको चेकजाँच, छाती चेकजाँच, गर्भवति महिलाको समेच चेकजाँच गरिएको आयोजक क्लीनिकका सँचालक डाक्टर सितेश गोईतले जानकारी दिए ।
कमला नगरपालिकाका पूर्व मेयर राम उदगार गोईतको अध्यक्षता एवम् विशेष अनुरोधमा कमला नगरपालिकावासीको लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
जनकपुरको चर्चित एवम् विशेषज्ञ डाक्टरहरुको टोलीले सर्वसाधारणलाई सेवा दिएको हो । शिविरमा डा. सितेश गोईतसहित बालरोग, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठ यादव, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सारिका गोईत, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. रामकिशोर गोईतले विशेष सेवा दिएका थिए ।

पूर्व मेयर रामउदगार गोईतले डा. सितेश गोईत, सारिका गोईत, डा. अर्चना श्रेष्ठ यादवव र डा. सारिका गोईतलाई विशेष आग्रह गर्दै कमलामा निःशुल्क स्वास्थ्य शिविर गराउन पहल गरेका थिए ।
स्थानीय कमला त्रिनेत्र युवा सँजालको अध्यक्ष जँगेश कामतको नेतृत्वमा गएको सँजालको टोलीले समेत दुई दिने शिविरमा स्वयंमसेवक खटाएका थिए । आम सर्वसाधारणहरुलाई सेवामा सहयोग पुरयाउन सँजालका पदाधिकारीहरुले दुई दिन निःस्वार्थ रुपमा सेवा दिएका थिए ।
सँजालबाट कौशलेन्द्र गोईत, गणेश मण्डल, राम उदगार मण्डल, सुरेन्द्र मण्डल, रुपेश गोईत, रितेश शर्मा लगायतका युवाहरुले दुई दिनम्म स्वयँमसेवकको रुपमा सहयोग गरेको हो । सो शिविरलाई कमला त्रिनेत्र युवा सँजालले सहयोग गरेको थियो ।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति रोग विशेष डा. तेजशँकर यादव, जेनेरल तथा ल्याप्रोस्कोपीक डा. नविन प्रताप साह, वरिष्ठ कन्सलन्टेन्ट सर्जन डा. नागेन्द्र प्रसाद यादव, पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुनिल कुमार मरिक, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश कुमार साह, जेनेरल फिजिसिएन डा. श्याम बाबु साह, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। ऋषी राज साह, मुख तथा दाँत रोग विशेषज्ञ डा. मिनु यादवले सेवा दिएका हुन् ।
यसको साथै, छाती तथा फोक्सो रोग विशेषज्ञ डा.राजेश किशोर यादव, मेडिकल अफिसर डा. उदय कुमार गोईत, शहिद गँगालाल यादव हृदय रोगकेन्द्र जनकपुरका डा. प्रमोद यादव, मेडिकल अफिसर डा. सितल गोईत र आँखा (दृष्टि) रोग विशेषज्ञ डा. सँजय कुमार यादव लगायतको कुशल चिकित्कहरुको समूहले सेवा दिएको थियो ।

शिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…