मधेश प्रदेशः चिसोले कठयाँग्रिएर एक जनाको मृत्यू
तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।

२०७९ पुस २२ शुक्रबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित एक जना पुरुषको मृत्यू भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले बताए।
खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।
तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…