महोत्तरीः इँटा भट्टामा पुरुषको लास, हत्याको आशंका
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।

२०७९ पुस २० बुधबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एक ईँट भट्टामा एक पुरुषको लास फेला परेको छ ।
महोत्तरी जिल्लाको औरही गाउँपालिका वडा नम्बर ७ औरही टोलस्थित रहेको एमटिएल ईटा भट्टामा एक पुरुषको लास फेला परेको हो ।
ईटा भट्टामा कामदारको लागि बनाईएको परालको छाप्रोभित्र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५० को ईन्द्रदेव झा मृत अवस्थामा फेला परेका छन् ।
परालको छाप्रोभित्र मँगलबार बिहान करिब ११ बजेको समयमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । सोमबार साँझ घरबाट निस्केका झाको लास परालको छाप्रोभित्र रहेको जानकारीपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
मृतक झाको लासको प्रकृति हेर्दा उनलाई कसैले हत्या गरेको आशंका परिवारजनले गरेको । परिवारजनका अनुासर झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ ।
मदिरा सेवको लत्तममा फँसेका झा अधिक समय भट्टामै बिताउँदै आएका थिए । उनीसँग कसैको रिसईवी नभएपनि उनको आँखा फुटेको देखेपछि कसैले हत्या गरेको आशंका गरिएको छ ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले शवको पोस्टमार्टम रिपोर्ट थप अनुसन्धान पश्चात मात्र घटना विषयमा यथार्थ भन्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…