रक्सी खाएर मातेका प्रहरी हबल्दार साह कारवाहीमा
ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ पुस १९ मंगलबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जाँडरक्सी खाएर होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुरा चोकको एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् ।
हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो ।
ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…