जनकपुरः घर पसेर गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।

२०७९ पुस १९ मंगलबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत पुस ९ गते जनकपुरधाम क्षेत्रस्थित घर पसेर गोली हानी हत्या गरेको प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
गत पुस ९ गते साँझै धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैनन् ।
घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने प्रवक्ता डिएसपी क्षेत्रीले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…