जनकपुरबाट पासपोर्टको काम पुनः सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट दैनिक रुपमा ८० देखि १ सय राहदानीको काम हुने गरेको छ । राहदानी सम्बन्धी कामका लागि टोकन लगाउनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेपछि अनावश्यक भिडको नियन्त्रण भएको छ ।

२०७९ पुस १९ मंगलबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले गर्दै आएको राहदानीको काम आज देखि पुनः सुचारु भएको छ ।
राहदानीको सर्वरमा समस्या आएकाले पुस १७ गते देखिको राहदानी सम्बन्धी सम्पूर्ण कामकाज रोकिएकोमा सर्वरको समस्या समाधान भएकाले आजैको मितिबाट राहदानी सम्बन्धी सम्पूर्ण कामकाज सुचारु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा ठूलो सङ्ख्यामा युवाहरू गएका कारणले दुई दिनसम्म सर्वरमा समस्या आउँदा धेरै युवाहरू मारमा परेका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट दैनिक रुपमा ८० देखि १ सय राहदानीको काम हुने गरेको छ । राहदानी सम्बन्धी कामका लागि टोकन लगाउनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेपछि अनावश्यक भिडको नियन्त्रण भएको छ ।
धनुषा जिल्लाबाट खाडी मुलुकमा करिब ४० हजारको सङ्ख्यामा युवाहरू रोजगारीका लागि गएको अनुमान गरिइएको छ । सबैभन्दा बढी साउदी अरब, मलेसिया तथा कतारमा बढी गएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…