जनमतको सँसदीय दलको नेतामा यादव चयन
यस्तै, दलको प्रमुख सचेतकमा साँसद चन्दन कुमार सिँहलाई चयन गरिएको छ भने सदस्य सचिवमा शम्भु साहलाई चयन गरिएको छ ।

२०७९ पुस १६ शनिबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको मधेश प्रदेश सँसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरिएको छ ।
शनिबार बसेको पार्टीको बैठकबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका प्रदेश साँसद महेश प्रसाद यादवलाई सँसदीय दलको नेतामा चयन गरिएको हो ।
यस्तै, दलको प्रमुख सचेतकमा साँसद चन्दन कुमार सिँहलाई चयन गरिएको छ भने सदस्य सचिवमा शम्भु साहलाई चयन गरिएको छ ।
जनमत पार्टीले कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरीलाई चयन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…