जनकपुरः मोसा दुर्घटना हुँदा एक युवकको मृत्यू
दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

२०७९ पुस १४ बिहीबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुधाम क्षेत्रस्थित मोसा (मोटरसाईकल) दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ ।
धनुषा जिल्लाको तिनकोरियाबाट यदुकूहा तर्फ जाँदै गएको अवस्थामा विहिबार बिहान शहिदनगर नगरपालिका वडा नम्बर ६ हठ्ठिपुरस्थित मोटरसाईकल दुर्घटना हुँदा युवकको ज्यान गएको हो ।
महिनाथपुर–वीरेन्द्रबजार सडकखण्ड अन्तर्गत बिहानै हठिपुरस्थित रहेको कलभर्टका पोलमा मोटरसाईकल ठोक्किँदा धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने दुखी ठाकुरको अन्दाजी २८ बर्षिय छोरा रामचन्द्र ठाकुरको मृत्यू भएको हो ।

ठाकुरले चलाएको मधेश प्रदेश २–००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना भएको हो । उनी तिनकोरियादेखि यदुकोहा तर्फ जाँदै थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…