स्वतन्त्रबाट जितेका कुशवाहा प्रचण्डसँग माओवादीमा प्रवेश
अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।

२०७९ पुस १४ बिहीबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए ।
उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए ।
अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…