मधेश प्रदेशमा जनमत र जसपाले आलोपालो नेतृत्व गर्ने सहमतिको प्रयास
१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।

२०७९ पुस १३ बुधबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय नेपालको मधेश प्रदेशमा जनमत पार्टी र जसपा नेपालले आलोपालो सरकार चलाउने सहमति लगभग पक्का भएको छ ।
सत्ता साझेदार दलहरुले प्रदेश सरकारहरुको नेतृत्वमा भागवण्डा गरे अनुसार मधेस प्रदेशमा जसपा समाजवादी र जनमत पार्टीले आलोपालोमा नेतृत्व गर्ने गरी नेकपा एमालेले ४ र नेकपा माओवादी केन्द्र २ ओटा प्रदेशको नेतृत्व गर्ने सहमती भएको छ ।
अन्य दलहरुलाई आवश्यक्ता अनुसार सहभागी गराउने सहमती भएको हो ।
मधेस प्रदेशको नेतृत्वमा जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको बताइएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…