जनकपुरः रेलमा कटेर एक जनाको मृत्यू
मृतकको पहिचान भने खुलेकेको छैन।

२०७९ पुस १३ बुधबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जयनगर–जनकपुरधाम–कुर्था रेलमा कटेर एक जनाको मृत्यू भएको छ ।
बुधबार बिहान जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिका स्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेको हो। रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु भएको प्रहरीले बताए।
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लीकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।
मृतकको पहिचान भने खुलेकेको छैन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…