नेपाल रेल सँचालनको सम्झौता समाप्त
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।

२०७९ पुस १३ बुधबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन समझौताको समय अवधि सकिएको छ ।
कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको बताइएको छ । भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि नेपाल सरकारले एक वर्षको सम्झौता गरेको थियो । तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनःएक महिनाको लागि सम्झौता अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
उनका अनुसार रेल सञ्चालन अवधि भारतसँगको २६ दिसम्बर राति १२ बजेदेखि सकिएको हो । यही पुस ५ गते भारतीय कम्पनीलाई एक महिना थप गर्न पत्र पठाइएको थियो ।
आफ्नै स्वामित्वमा रेल सञ्चालनको लागि दर रेटसहितको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पठाइएको छ । उक्त फाइल भौतिक पूर्वाधार मन्त्रालयमै अड्किएको छ ।
त्यहाँबाट अर्थ मन्त्रालय जानेछन् । अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेर पठाएपछि आफ्नै स्वामित्वमा रेल सञ्चालन गरिने झाले बताए । ‘सुरुवाती चरणमा इकुपमेन्ट, इन्धन कर्मचारी व्यवस्थापन खर्च बढी भएको छ,’उनले भने,‘आम्दानी कम भएको छ ।
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।
रेल नेपाल आएको करिब डेढ वर्षपछि नियमित रुपमा सुरु भएको थियो । केही दिन रित्तै ९बिना यात्री० परीक्षण गरिएको थियो । रेल सेवामा २६ जना भारतीय कर्मचारी राखिएको थियो ।
नेपाल सरकारसँग आवश्यक दक्ष जनशक्ति नहुँदा भारतीय कर्मचारीले रेल गुड्इरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…